काठमाडौँ २३ माघ । पश्चिमी वायुको प्रभावका कारण आज देशैभरी मौसममा बदलाब आएको मौसम पूर्वानुुमान महाशाखाले जनाएको छ ।
अहिले गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भेगमा मौसम बदली भइ सामान्य वर्षा भइरहेको छ ।महाशाखाका अनुसार दिउँसोबाट देशैभरी बदली हुने र साँझपख हल्का वर्षाको सम्भावना रहेको छ।काठमाडौंमा पनि आज सामान्य बदलीको सम्भावना रहेको र साँझपख वर्षा पनि हुन सक्ने महाशाखाले जनाएको छ ।
काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ५ डिग्री सेल्सियस रहेको थियो भने दिउँसोको अधिकतम् तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबीच रहने छ ।
आज बिहान सूर्योदय ६ बजेर ४८ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ४८ मिनेटमा हुनेछ ।
प्रतिक्रिया