३ कार्तिक २०८१, शनिबार । October 20, 2024

Uncategorized

नेकपा ओली समूहको आज काठमाडौंमा जनसभा


२३ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ २३ माघ । प्रधानमन्त्रीसमेत केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा ले आज काठमाडौंमा जनसभा गर्दैछ।
शक्ति प्रदर्शनस्वरूप नेकपाले जनसभा गर्न लागेको हो। मध्यान्ह १२ बजे नारायणहिटी दरबार अगाडि पार्टीको बागमति प्रदेश संगठन कमिटीले जनसभा गर्ने भएको कमिटी अध्यक्ष तथा पूर्वमन्त्री आनन्द पोखरेलले बताएका छन् ।
प्रधानमन्त्री ओलीसँगै सरकारका अन्य मन्त्रीहरूले जनसभालाई सम्बोधन गर्ने भएका छन्।
जनसभालाई प्रभावित पार्ने गरी नेकपाको प्रचण्ड समूहले हिजो आमहड्ताल गरेको थियो।
सो क्रममा आज हुने जनसभामा सहभागी हुन बागमति प्रदेशको विभिन्न जिल्लाबाट आउने नेता कार्यकर्तालाई रोक्न विभिन्न ठाउँमा बाटो भत्काउने र सिन्धुलीमा कार्यकर्तामाथि हातपात गर्ने कार्य प्रचण्ड समूहको नेकपाबाट भएको अध्यक्ष पोखरेलले बताए।
यस्तै, उनले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको नाममा फेक अकाउन्टसहितको फेसबुक खोल्दै जनसभा स्थगित भएको गलत सूचना प्रवाह गरेर जनसभा भाँड्ने प्रयास प्रचण्ड समूहबाट आरोप लगाएका छन्।
उनले जनसभा निर्धारित समयमै नारायणहिटी दरबार अगाडि हुने र जनसभा सुरक्षित र व्यवस्थित हुने भन्दै ढुक्कले आउन नेता कार्यकर्ताहरूलाई आह्वान गरेका छन्।

प्रकाशित : २३ माघ २०७७, शुक्रबार ००:००