काठमाडौं २२ माघ । एक दिने बन्द आह्वान गरेको नेकपा प्रचण्ड माधव समूहका कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप भएको छ ।झडपका क्रममा प्रहरीले हवाइ प्रहार समेत गरेको छ । साथै अश्रु ग्यास प्रहार गरेको छ ।
नेकपाका नेता र कार्यकर्ताले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई रोक्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले लाठी प्रहारका साथै हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ ।
प्रहरीको लाठी प्रहारबाट नेकपाका नेता एवं पूर्व सांसद रामचन्द्र झासहितका केही नेतारकार्यकर्ता घाइते भएका छन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।
प्रतिक्रिया