२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

आमहड्तालमा सडकमा निस्किएका ७७ जना नेता, कार्यकर्ता पक्राउ


२२ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौं २२ माघ । प्रचण्ड–माधव नेपाल समूहले घोषणा गरेको आमहड्तालमा सडकमा निस्किएका ७७ जना नेता, कार्यकर्ता पक्राउ परेका छन् । निर्वादरुपमा हिँड्न अवरोध गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पालका अनुसार काठमाडौंबाट ७६ र भक्तपुरबाट एक जनालाई पक्राउ गरी नजिकैको प्रहरी कार्यालयमा राखिएको छ । डर, धम्की देखाउने र जबरजस्ती रोक्ने कार्यलाई निषेध गरिएको पालले बताएका छन् ।

गृह मन्त्रालयले बुधबारै सूचना जारी गरेर सडकमा कुनै पनि किसिमको अवरोध वा तोडफोड भए जोसुकैलाई पक्राउ गर्ने भनेको थियो । सोही अनुरुप प्रहरीले बिहान २ बजेदेखि नै उपत्यकामा सादा पोशाकका प्रहरी टोली खटाएर निगरानी गरेको छ ।

प्रकाशित : २२ माघ २०७७, बिहिबार ००:००