१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

Uncategorized

प्रतिबन्धित भारतीय नोट सहित पक्राउ


२१ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौं २१ माघ । बिराटनगर महानगरपालिका-१७ मटेरुवाबाट प्रतिबन्धित ५ सय दरका २ सय ८ थान गरी जम्मा १ लाख ४ हजार भारतीय रुपैयाँ सहित झापा दमक नगरपालिका-९ पाडाँजुगी बस्ने ३१ वर्षीय अजय बलकोटिलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउदै गरेका अजयलाई अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित : २१ माघ २०७७, बुधबार ००:००