१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

Breaking

ताप्लेजुङको सिनाममा आगलागीमा परि पाँच घर जलेर नष्ट


२१ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौँ २१ माघ । ताप्लेजुङको सिनाममा आगलागीमा परि पाँच घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार दिउँसो करिब ४ बजेतिर आगलागी भएको थियो ।

सिरिजंघा १ सिनाम डाँडा गाउँका दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

आगलागीबाट ५६ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीको छ ।

पीडित परिवार आगलागी भएको क्षेत्रमा पाल टाँगेर बसेका छन् ।

प्रकाशित : २१ माघ २०७७, बुधबार ००:००