१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

Uncategorized

छैटौं दिन सम्ममा देशभर १ लाख १३ हजारभन्दा बढीले खोप लगाए


१९ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं १९ माघ । कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप अभियानको छैटौं दिन सोमबारसम्म देशभर १ लाख १३ हजारभन्दा बढीले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका १९१ खोप केन्द्रबाट कुल १ लाख १३ हजार १७५ जना लक्षित वर्गले खोप लगाएको जानकारी दिएका हुन् ।

प्रदेश १ मा १५ हजार ३२९, प्रदेश २ मा १५ हजार २४, बागमती प्रदेशमा ४० हजार २७२, गण्डकी प्रदेशमा १३ हजार ९२२, लुम्बिनी प्रदेशमा १४ हजार ६४०, कर्णाली प्रदेशमा ६ हजार १३१ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ८५७ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : १९ माघ २०७७, सोमबार ००:००