काठमाडौँ १८ माघ । भक्तपुरमा एक महिला बलात्कृत भएकी छिन्। कमलविनायकमा डेरा लिएर अध्ययन गर्दै आएकी १९ वर्षीया महिला बलात्कृत भएकी हुन्। बलात्कार गरेको आरोपमा सोही ठाएँका ३१ वर्षीय विकास तजलेलाई प्रहरीले पक्राउ गरेको छ। उ
नीविरुद्ध प्रहरीले जिल्ला अदालत भक्तपुरमा आज मुद्दा दर्तापछि अनुसन्धानका लागि म्याद थप अनुमति लिएको जनाएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक गिरीले कोठामा एक्लै भएको मौकामा बोल्न कराउन नदिइ बलात्कार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको बताए। ब
लात्कारको आरोपपछि विकास फरार थिए। उनलाई महानगरीय प्रहरी वृत्त जगातीले पक्राउ गरेको हो।
प्रतिक्रिया