२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

मुख्य खबर

ट्रकमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु


१७ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ १७ माघ ।  पोखराको बुद्धचोकमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा आज बिहान एक युवकको मृत्यु भएको छ। पर्वतको पैयुँ गाउँपालिकाको भोर्ले घर भएका २४ वर्षीय अनिल गुरूङको मृत्यु भएको हो। उनी पोखरा महानगरपालिका वडा नम्बर – १० को रामबजारमा बस्दै आएका थिए।

उनले चलाएको ग.१६ प ५३० नम्बरको मोटरसाइकल ना. ५ ख १६५० नम्बरको ट्रकसँग ठोक्किन पुगेको थियो। सो क्रममा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

सोही मोटरसाइकलमा सवार १८ वर्षीय गौतम अधिकारी घाइते भएका छन्। उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रकाशित : १७ माघ २०७७, शनिबार ००:००