२३ माघ २०८१, बुधबार । February 5, 2025

समाचार

सबैलाई ढुक्क भएर खोप लगाउन मन्त्रालयको आग्रह


१७ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ १७ माघ । नेपालमा कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा केही व्यक्तिमा सामान्य असर देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले खोप लगाएपछि केही व्यक्तिमा सामान्य असर देखिएको जानकारी दिएका छन् ।

सहप्रवक्ता अधिकारीले ती व्यक्तिमा देखिएको असर केही समयपछि आफँै हराएर जाने गरेको बताएका छन् । खोप लगाएको ठाउँ रातो हुने, सुन्निने, चिलाउने, टाउको दुख्ने, जस्ता सामान्य असर देखिएको छ । उनले खोपले काम गर्न थालेपछि त्यस्ता सामान्य असर देखिने देखिने भन्दै कसैलाई दुई–तीन घण्टामा केहीलाई एक–दुई दिनमा निको हुने बताएका छन् ।

डा. अधिकारीले कसैलाई पनि हालसम्म जटिल स्वास्थ्य समस्या भने नदेखिएको बताएका छन् । मन्त्रालयले सबैलाई ढुक्क भएर खोप लगाउन अनुरोध गरेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म देशभरी १ सय ६९ खोप केन्द्रबाट ४६ हजार १ सय ९७ जनाले लगाएका छन् । भारत सरकारले सहयोग स्वरुप दिएको १० लाख डोज खोप बुधबारदेखि लगाउन थालिएको हो ।

प्रकाशित : १७ माघ २०७७, शनिबार ००:००