३० आश्विन २०८१, बुधबार । October 16, 2024

समाचार

जनसभालाई सम्बोधन गर्न प्रचण्ड – माधव धनगढी पुगे


१७ माघ २०७७, शनिबार ००:००

0
Shares


काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आफू नेतृत्वको नेकपाले गर्ने जनसभालाई सम्बोधन गर्न चितवन जाँदा नेकपाकै अर्को समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल भने कैलालीको धनगढी पुगेका छन्।
त्यहाँ दाहाल र नेपालले आज हुने जनसभालाई सम्बोधन गर्नेछन्।
उक्त समूहको कैलालीका नेता दीर्घ सोडारीका अनुसार जनसभालाई प्रदेश इञ्चार्ज डा. भीम रावलले पनि सम्बोधन गर्नेछन्।
सोडारीका अनुसार जनसभामा करिब ५० हजार मानिस सहभागी हुनेछन्। नेकपाको दाहाल र नेपाल समूहले प्रतिनिधिसभा विघटनको विषयलाई लिएर त्यहाँ जनप्रदर्शन गर्ने भएको हो।
समूहले यसअघि सार्वजनिक गरेको तेस्रो चरणको कार्यक्रम अन्तर्गत जनसभा आयोजना गर्ने भएको जनाएको छ।

प्रकाशित : १७ माघ २०७७, शनिबार ००:००