काठमाडौँ १६ माघ । विदेशबाट कोरोना भाइरसको खोप लगाएर आएमा क्वारेन्टिन बस्न नपर्ने नियम ल्याइने भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालका अनुसार मन्त्रालयले उक्त प्रस्ताव सीसीएमसी हुँदै मन्त्रिपरिषदमा लैजाने तयारी भएको बताइएको छ । खोप लगाएकाहरुलाई अनअराइभल भिसा दिने र नेपाल आइसकेपछि क्वारेन्टिन बस्न नपर्ने नियम ल्याउन लागिएको मन्त्री ढकालले बताए ।
मन्त्री ढकालका अनुसार अहिले किरिया बसेकालाइ पीसीआर परीक्षणपछि सिधै घर जान पाउने प्रावधान कार्यान्वयन गरिने भएको छ ।
प्रतिक्रिया