२३ माघ २०८१, बुधबार । February 6, 2025

समाचार

निर्वाचन आयोगले नेकपाका दुबै पक्षसँग आज छलफल गर्ने


१६ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ १६ माघ ।   निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुबै पक्षसँग आज छलफल गर्ने भएको छ ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले निर्वाचन तयारी र दल दर्ता प्रक्रियाबारे छलफल गर्न बहादुर भवनस्थित कार्यालयमा बोलाएको हो ।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनसम्बन्धी विषयमा छलफल गर्न आज बिहान ११ बजे दुवै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५र५ जनालाई बोलाइएको जानकारी दिएका छन् ।

नेकपाका दुबै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा निवेदन दिएका थिए । तर ती निवेदनमा दुबै पक्षको दावी नपुग्ने निर्णय आयोगले गरेको थियो ।

प्रकाशित : १६ माघ २०७७, शुक्रबार ००:००