३० आश्विन २०८१, बुधबार । October 16, 2024

Breaking

दोस्रो दिन देशभर २८ हजार भन्दा बढी व्यक्तिले खोप लगाए


१५ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाण्डौ १५ माघ ।   कोरोना भाइरस ९कोभिड १९० विरुद्धको खोप अभियानको दोस्रो दिन देशभर २८ हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लामा कुल २८ हजार ७३२ जना स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनरले खोप लगाएको जानकारी दिएका हुन् ।
प्रदेश १ मा ३ हजार ८४७, प्रदेश २ मा २ हजार १७४, वाग्मती प्रदेश मा ११ हजार ४६१, गण्डकी प्रदेशमा ४ हजार ८५३, लुम्बिनी प्रदेशमा २ हजार ३०३, कर्णाली प्रदेशमा १ हजार ६७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४१७ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता डा। गौतमले खोप पाएका व्यक्तिहरुमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको बताए । बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका थिए ।देशभरका खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स तथा शव वाहन चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई पहिलो चरणमा खोप लगाउने लक्ष्य सरकारको छ ।

प्रकाशित : १५ माघ २०७७, बिहिबार ००:००