काठमाण्डौ १५ माघ । कोरोनाको खोप लगाएकाहरुमा सामान्य समस्या देखिएको छ । कोरोना भाइरसविरुद्धको खोप लगाएका वीर अस्पतालका ६ जना स्वास्थ्यकर्मीको स्वास्थ्यमा समस्या देखिएको समाचारमा बताइएको छ । वीर अस्पतालको कोरोना फोकल पर्सन अच्युत कार्कीका अनुसार भ्याक्सिन लिएका उनीहरूलाई रिङ्गटा र वाकवाक लाग्ने समस्या देखिएको हो। सामान्य समस्या भएको चिकित्सकको भनाई छ ।
‘खोप लगाएपछि केहीबेर ६ जनालाई रिङ्गटा लाग्ने र वाकवाक लाग्ने समस्या देखिएको थियो’, उनले भने, ‘रेस्ट गरेपछि ठीक भएको छ।
प्रतिक्रिया