२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

भारतमा कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको निर्देशिका लम्ब्याइयो


१५ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौँ १५ माघ । भारतमा कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको निर्देशिका लागू हुने समयावधि फेरि लम्ब्याइएको छ । भारतीय केन्द्रीय सरकारले निर्देशिका कार्यान्वयनको अवधि कम्तीमा एक महिना थपिएको घोषणा गरेको हो ।
हरेक नागरिकले घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनु पर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने, स्यानिटाइजरको प्रयोग गर्नु पर्ने वा निरन्तर साबुन पानीले हात धुनुपर्नेलगायत नियम कडाइकासाथ पालना गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।

यसअघि यो निर्देशिका यही जनवरीको अन्त्यसम्मका लागि लागू गर्ने निर्णय भएकामा अहिले लम्ब्याएर आउँदो फेब्रुअरी २८ तारिखसम्म लागू गर्ने निर्णय भएको हो ।
भारतमा पछिल्ला केही महिनादेखि कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या घट्दै गए पनि सरकारले निर्देशिकालाई कडाइकासाथ लागू गर्ने निर्णय गरेको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका र नयाँ थपिने सङ्क्रमितहरूको सङ्ख्यामा पहिलाभन्दा धेरै कमी आएको छ ।
भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ७६ हजार ४९८ रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । कोरोनाका कारण भारतमा अहिलेसम्म एक लाख ५३ हजार ७२४ जनाको ज्यान गएको छ ।

प्रकाशित : १५ माघ २०७७, बिहिबार ००:००