१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

समाचार

२४ घण्टामा थप दुई सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण


१४ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौँ १४ माघ ।   पछिल्लो २४ घण्टामा थप दुई सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
चार हजार तीन सय ८२ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ७० हजार तीन सय ७५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई सय ४६ जना निको भएसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या दुई लाख ६५ हजार ५९ पुगेको छ ।

प्रकाशित : १४ माघ २०७७, बुधबार ००:००