१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

मुख्य खबर

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु


१४ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौं १४ माघ । मंगलबार चितवनमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलका चालक सोलुखुम्बु टापटिङ(५ बस्ने २४ वर्षीय अनिल मगर र मोटरसाइकल पछाडि बसेका सुनसरीको धरान ९ का २० वर्षीय गौरव राई रहेका प्रहरीले जनाएको छ ।
रत्ननगर नगरपालिका १० हरिहर मन्दिर अगाडि सडकमा बा २ ख ५६७४ नम्बरको सनराइज बोर्डिङ स्कुलको बसले बा ९२ प ५२०४ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा दुवैजना गम्भीर घाइते भएका थिए ।

घाइते दुवैजनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारि दिएको छ ।

प्रकाशित : १४ माघ २०७७, बुधबार ००:००