२३ माघ २०८१, बुधबार । February 6, 2025

समाचार

जुम्लाको गोठी गाउँमा भीषण आगलागी हुँदा ३० घर जलेर नष्ट


१४ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौं, १४ माघ । जुम्लाको गोठी गाउँमा भीषण आगलागी हुँदा ३० घर जलेर नष्ट भएका छन् ।तिला गाउँपालिकाको गोठी गाउँमा मंगलबार बेलुका आगलागी हुँदा ३० घर जलेर नष्ट भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले जानकारी दिएका छन् ।
आगलागिका कारण धेरै संख्यामा चौपाया पनि जलेर मरेका छन् । सुधारिएको चुल्होको माथिल्लो भागबाट एक घरको छानोमा रहेको घाँसमा आगो सल्किएपछि गाउँभरि फैलिएको थियो ।

सहायक प्रजिअ चौलागाइका अनुसार आगलागी भएको ठाउँतर्फ प्रहरीको टोली गइसकेको छ । उनका अनुसार आगो नियन्त्रणमा नरहेका कारण घरहरु अझै जलेको हुन सक्ने आँकलन गरिएको छ ।

आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट करिब चार घण्टा लाग्छ ।

प्रकाशित : १४ माघ २०७७, बुधबार ००:००