३० आश्विन २०८१, बुधबार । October 16, 2024

समाचार

माधव नेपालले दिए प्रधानमन्त्रीलाई कडा चुनौती


१३ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौं, १३ माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली अध्यक्ष नरहेको बताएका छन् । पाँचथरको फिदिममा आयोजित भेलामा बोल्ने क्रममा नेपालले नेपाल कम्युनिस्ट पार्टी नेकपा ले ओलीलाई अध्यक्षबाट हटाइसकेको बताएका हुन् ।

निर्वाचन आयोगको निर्णयपछि ओलीले अझै अध्यक्ष छु भने पनि पार्टीले हटाइसकेको नेपालले बताएका छन् । ‘४४१ मध्ये ३०० जना बसेर अध्यक्षबाट निकाली सकिएको छ । अब ओली नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष होइनन्’, । ओलीलाई नेकपाको नाम समेत नलिन चेतावनी समेत दिएका छन्

निर्वाचन आयोगले ४४१ सदस्यीय कमिटीलाई मान्यता दिएको र ७० प्रतिशतले ओलीलाई हटाइसकेकाले उनी अध्यक्ष नरहेको नेपालले बताएका हुन् ।

प्रकाशित : १३ माघ २०७७, मंगलबार ००:००