२४ माघ २०८१, बिहिबार । February 6, 2025

Breaking

कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप सबै प्रदेशमा पुग्यो


१३ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौं, १३ माघ ।  आउँदो बुधवारदेखि सुरु हुने कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप अभियानका लागि सोमबार हिजो सबै प्रदेशमा खोप पुगेको छ । आइतबार सातवटै प्रदेशको भण्डारण केन्द्रहरूमा खोप पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिएका छन् ।

चार लाख ३० हजार जनालाई लक्षित गरेर पहिलो चरणमा लगाइने खोप प्रदेशबाट जिल्ला–जिल्लामा पठाउन थालिएको प्रमुख शर्माको भनाइ रहेको छ ।

यसैबीच प्रदेश नम्बर २ मा कोरोनाविरुद्धको खोप सबै जिल्ला सदरमुकामबाट एकैसाथ सुरु गरिने भएको छ । सोमबार जनकपुरमा बसेको प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले बुधबार आठवटै जिल्ला अस्पतालबाट खोप अभियान सुरु गर्ने निर्णय गरेको हो ।

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालक, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा काम गर्ने कर्मचारी, वृद्धाश्रम र कारागारमा रहेकालाई खोप दिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित : १३ माघ २०७७, मंगलबार ००:००