२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

मुख्य खबर

प्रचण्ड : काठमाण्डौमा ठूलो आन्दोलन गर्नुपर्ने बेला आयो


१२ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं, १२ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डौमा ठूलो आन्दोलन गर्नुपर्ने बेला आएको बताएका छन् ।

सोमबार पेरिसडाँडामा प्रदेश नम्बर २ का अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले माघ ९ गतेको भन्दा पनि विशाल प्रदर्शन २८ गते हुने र यसले प्रतिगामीहरूको चेत खुलाउने दाबी गरेका हुन् । ‘बाहिरी सहरमा गरेको आन्दोलनले भन्दा काठमाण्डौमा भएको आन्दोलनले उनीहरूलाई धक्का पुग्ने देखियो, काठमाण्डौ टाउको हो, त्यसैले टाउकोमा नै धक्का दिने गरि २८ गते आन्दोलन हुन्छ’, उनले भने ।

आफूहरूको प्रदर्शन देखेर ओली समूह आत्तिएको र त्यसको काउण्टरमा प्रदर्शन गर्न लागेको तर ओली समूहको र्‍याली पञ्चहरूको भन्दा फरक नहुने प्रचण्डको जिकिर छ ।

प्रकाशित : १२ माघ २०७७, सोमबार ००:००