काठमाडौं, १२ माघ । नेपाल टेलिकमको बीटीएस साइट टावर मा लाखौँ रुपैयाँ बराबरको सामान लगेर बेच्ने गिरोहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरीले सामान लगेर बेच्ने कार्यमा संलग्न चार जनालाई सार्वजनिक गरेको हो । सिरहाको लहान नगरपालिका १३ सरस्वती टोलका २२ वर्षीय राकेश यादव, त्यही नगरपालिका ३ ढगराहाका ३५ वर्षीय सूर्यनारायण महतो, ३५ वर्षीय पवन जैसवाल र गोलबजार नगरपालिका ४ का ४१ वर्षीय दीपक अग्रवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेकामध्ये यादवले टेलिकमकै कर्मचारी हुँ भन्दै गएको पुस २३ गते बिहान सप्तरीको सुरुङ्गा नगरपालिका २ हर्दियामा रहेको नेपाल टेलिकमको जीएसएम टावरमा प्रयोग भएको झण्डै १० लाख मूल्य पर्ने २४ थान ब्याट्री तथा ३५ एमएमको २० र अर्थिङ केबल २५ मिटर लगेका थिए ।
प्रतिक्रिया