काठमाडौँ १० माघ । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले शनिबार पूर्व लडाकूहरुसँग छलफल गरेका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जनयुद्धको अवधिमा गरेको योगदान, त्यागको सम्मान गर्ने बताएका छन् ।
भेटमा सहभागी लेनिन विष्टका अनुसार प्रधानमन्त्रीले आफूहरुको सबै मुद्दा सम्बोधन गर्ने बचन दिएका छन् ।
प्रतिक्रिया