काठमाडौँ । संसद विघटनको मुद्दामाथिको बहस जारी छ । बहसका क्रममा रिट निवेदकका वकिलले संसद विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठेको छ ।
अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले बिहीबारको सुनुवाइका क्रममा विघटनको सदर गरेपछि राजपत्रमा प्रकाशित समेत नगरेको भन्दै बहस गरेका समाचारमा उल्लेख छ । उनीहरूको बहस सुनेपछि संवैधानिक इजलासले महान्यायाधीवक्ता कार्यालयसँग राजपत्रमा प्रकाशित भएको सूचना भए उपलब्ध गराउन भनेको हो ।नायब महान्यायाधीवक्ता पदम पाण्डेसँग प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजपत्रको सूचना उपलब्ध गराउन भनेका थिए ।
प्रकाशन नभएपछि त्यो अनाधिकृत हो भन्ने कुराको थप प्रमाण हो भन्ने अर्यालको तर्क थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन्।
प्रतिक्रिया