काठमाडौं । पछिल्लो विवरण अनुसार विश्वमा कोरोना भाइरस संक्रमणबाट विश्वमा एकै दिन करिब १४ हजार ५ सयको मृत्यु भएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै १ हजार ४ सय ९९ जनाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा सबैभन्दा बढी अमेरिकामा एकै दिन दुई हजार छ सय ४५ जना छन् । अमेरिकामा सोही अवधिमा १ लाख ६२ हजार पाँच सय १८ जना संक्रमित थपिएका छन् । यसैगरी बेलायतमा २४ घन्टामा एक हजार छ सय १० जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ब्राजिलमा एक हजार एक सय ८३, जर्मनीमा एक हजार एक सय ३९ जनाले ज्यान गुमाएका छन् ।
७ माघ २०७७, बुधबार ००:००
0
Shares
प्रतिक्रिया