१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

मुख्य खबर

खड्का गाउँमा आगलागी हुँदा एक जनाको जलेर ज्यान गयो


६ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ ।  काठमाण्डौको कलङ्की, खड्का गाउँमा आगलागी हुँदा एक जनाको जलेर ज्यान गएको प्रहरीले जनाएको छ । जाडो छल्न विद्युतीय हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको जलेर ज्यान गएको प्रहरीले बताएको छ ।

आफ्नै घरको दोस्रो तलाको कोठामा हिटर बालेर सुतेका खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहोराले बताएका छन् ।
खड्काको छाती, पेट र ढाड पुरै जलेको बोहोराले जानकारी दिएका छन् ।

प्रकाशित : ६ माघ २०७७, मंगलबार ००:००