१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

समाचार

एक दम्पत्ती मृत अवस्थामा फेला


६ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ ।  ललितपुरको महालक्ष्मी नगरपालिका ७ मा एक दम्पत्ती मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । सोमबार बिहान नगरपालिकाको चाँगाथलीस्थित एक घरमा डेरागरी बस्ने दम्पत्ती मृत अवस्थामा फेला परेका बताइएको छ । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक एसपी प्रज्जवल महर्जनका अनुसार चाँगाथलीका रमेश खड्काको घरमा डेरागरी बस्ने दम्पत्ती मृत अवस्थामा फेला परेका हुन्।
मृत फेला पर्नेमा सप्तरी राजविराजका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीया श्रीमती निर्मला पोखरेल छन्।

एसपी महर्जनका अनुसार उनीहरू बन्द कोठामा मृत भेटिएका हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले विष सेवन गरी आत्महत्या गरेको देखिएको छ।
उनीहरूको शव पोष्टमर्टमका लागि ललितपुरको पाटन अस्पतालमा लगिएको छ। प्रहरीले मृत्युको कारण खोज्ने प्रयास गरिरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित : ६ माघ २०७७, मंगलबार ००:००