१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

समाचार

सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु


५ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ ५ माघ । सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । झापाको दमकमा आज सोमबार एम्बुलेन्स र अटो एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जानकारि प्राप्त भएको छ ।

प्रहरीका अनुसार सुत्केरी बाकेर पश्चिमतर्फ आउँदै गरेको मे १ च १२४६ नम्बरको एम्बुलेन्स र पूर्व जाँदै गरेको अटो रिक्सा बिहान ९ः ४५ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत दमक ४, ताराबारीमा ठोक्किएका हुन्।दुर्घटनामा अटो रिक्साका चालक मोरङ, उर्लाबारी नगरपालिका– ४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र त्यसमा चढेका यात्रु झापाका रमेश श्रेष्ठको मृत्यु भएको हो।

प्रकाशित : ५ माघ २०७७, सोमबार ००:००