काठमाडौँ २४ पुष । ‘केजीएफ’ चलचित्रले बक्स अफिसमा धमकेदार व्यापार गरेको थियो । यसको मेकर्सले यसको सिक्वेल दर्शकमाझ ल्याउने तयारी गरेका छन् । विभिन्न ४ भाषामा रिलिज हुने चलचित्रको टिजर सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य नायक यशको जन्मदिनको अवसर पारेर टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको टिजरमा यशको साथमा संजय दत्त र रविना टन्डनलाई देखाइएको छ ।चलचित्रमा श्रीनिधी सेट्टी, प्रकाश राज र मालविका अविनाशको पनि अभिनय छ ।
२४ पुस २०७७, शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया