१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल भन्छन् ःकाम तिब्र हुन्छ


१२ पुस २०७७, आइतबार ००:००

0
Shares

काठमाडौं १२ पुष। नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु आफ्नो उद्देश्य नभएको बताएका छन् ।
आइतवार मन्त्रालयमा कार्यभार ग्रहण गरेपछि कर्मचारीहरुसँग
राज्यलाई दोहन गरेर राज्यबाट के पाउँछु भन्दापनि राज्यलाई समृद्ध बनाउन तर्फ सबैले सोच्नुपर्ने पनि मन्त्री ढकालले बताए ।
पर्यटन मन्त्रालयको इतिहासलाई हेर्दा गर्व गर्ने ठाउँ रहेको तर त्यस भित्रका बदानमीहरुले राम्रो नगरेको पनि मन्त्री ढकालले बताए । तारागाउँ समितिको पनि आफ्नै महत्व भएको तर त्यस भित्रको कथा बेग्लै भएकाले त्यसलाई सुधार गर्न आफूले अध्ययन थाल्ने पनि मन्त्री ढकालले बताए । मन्त्री ढकालले कर्मचारीलाई काम गर्न सहज वातावरण र्निमाण गर्ने कुरामा आफुले सँधै ध्यान दिने बताए ।
कुरा गर्दै मन्त्री ढकालले स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्ने राजनीतिक उद्देश्य नराखेको बताएका हुन् । आफूले सकेसम्म सेवामा समर्पित गर्दै सुनाम कमाउने मात्रै उद्देश्य राखेको मन्त्री ढकालले बताए ।

प्रकाशित : १२ पुस २०७७, आइतबार ००:००