काठमाडौँ १२ पुष । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लागू गर्नुपर्ने बताएका छन् ।
आइतबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि नव(नियुक्त ऊर्जामन्त्री रायमाझीले कुनै पनि वैदेशिक लगानीलाई अस्वीकृत गर्न नहुने भन्दै एमसीसीलाई लागू गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् । उनले एमसीसी सम्झौतामा देशको स्वाभिमान कमजोर पार्ने विषय भएमा सच्याएर भए पनि कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् ।
१२ पुस २०७७, आइतबार ००:००
0
Shares
प्रतिक्रिया