१८ माघ २०८१, शुक्रबार । January 31, 2025

Uncategorized

कोरोना संक्रमित पुरुष बुटवलको कोरोना विशेष अस्पतालबाट भागे


१२ पुस २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ १२ पुष। आईसीयूमा उपचाररत एकजना कोरोना संक्रमित पुरुष बुटवलको कोरोना विशेष अस्पतालबाट भागेका छन् ।
गत बुधबार कोरोना संक्रमण पुष्टि भएपछि उनको आईसीयूमा उपचार गराइरहेका थिए । ‘अस्पतालबाट नजिकैको जंगल हुँदै भागेर तिलोत्तमाको जानकीनगरस्थित पौवा होटेलमा पुगेर जाडो भयो भन्दै कफी खाएका रहेछन्,’ अस्पतालका प्रवक्ता डा गौतमले भने, ‘होटेलमा रहेका बेला अस्पतालले फोन सम्पर्क गर्दा रिसिभ भएको र उनको परिवारलाई पनि यो कुरा जानकारी गराएको छ ।

प्रकाशित : १२ पुस २०७७, आइतबार ००:००