काठमाडौँ ११ पुष । हुम्लाका विघटित प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा नेकपाको प्रचण्ड, माधव नेपाल समूहमा फर्किएका छन् ।
बाहिर आएको हल्लाको पछि नलाग्न आग्रह गर्दै उनले आफूले जनमतको कदर गर्दै प्रचण्ड(नेपाल समूहमा नै बस्ने निर्णय गरेको बताएका छन् । । उनले प्रचण्ड-नेपाल समूहको पार्टी नै मूलपार्टी भएकोले एकताबद्ध भएर बस्न समेत हुम्लाबासीलाई आग्रह गरेका छन् ।
नेकपा दुई समूहमा विभाजित हुँदा केपी शर्मा ओली समूहमा रहनुभएका लामाले आज विज्ञप्ति निकालेर आफू प्रचण्ड-नेपाल समूहको पार्टी संगठनमा यथावत् रहेको जानकारी गराएको हो ।
११ पुस २०७७, शनिबार ००:००
0
Shares
प्रतिक्रिया