काठमाडौं १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार तथा पुनर्गठन गर्ने भएका छन् । मन्त्रीहरुको सूची बनाउन केही समय लागे पनि आजै साँझ नयाँ मन्त्रीहरुको सपथग्रहण हुने स्रोतले जानकारि दिएको छ ।
२५ सदस्यीय मन्त्रिपरिषदमा ७ जना मन्त्रीले राजीनामा दिएपछि हाल १८ जना मन्त्री र राज्यमन्त्रीहरु छन् । त्यस्तै रक्षा मन्त्रालय पछिल्लो समय प्रधानमन्त्रीसँगै छ । प्रधानमन्त्रीले आठ वटा मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न सक्ने अवस्था छ ।
मन्त्रीहरुको सपथग्रहणको लागि राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकिएको बालुवाटार स्रोतले जनाएको छ । साँझ सात बजेसम्म सपथग्रहण हुनसक्ने र शीतल निवासमा सपथग्रहणको लागि तयारी भइरहेको स्रोतले जानकारि दिएको छ ।
प्रतिनिधिसभा विघटनपछि प्रचण्ड माधव नेपाल पक्षका मन्त्रीहरु घनश्याम भुसाल, गिरिराजमणि पोखरेल, योगेश भट्टराई, वर्षमान पुन, शक्ति बस्नेत, रामेश्वर राय यादव र विना मगरले राजीनामा दिएका थिए ।
प्रतिक्रिया