१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

दोलखामा ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु


८ पुस २०७७, बुधबार ००:००

0
Shares

काठमाडौं ८ पुस । दोलखामा ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
दोलखाको भिमेश्वर नगरपालिका–५ स्थित चरिकोट जिरी सडकखण्डमा ना ७ ख ३२६८ नम्बरको ट्रक अचानक पल्टिँदा चितवनको राप्ती नगरपालिका–९ घर भएक ट्रकका सहचालक २४ वर्षीय बुद्धिबहादुर तामाङको मृत्यु भएको हो प्रहरीले जनाएको छ।
कोइरालाका अनुसार दुर्घटनामा परी सोही ठाउँका ट्रक चालक ३० वर्षीय अर्जुन बराल घाइते भएका छन् । उनलाई उपचारका लागि चरिकोट अस्पताल लगिएको उनले बताए ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
नवलपरासीबाट तामाकोसीस्थित लामा कन्स्ट्रक्सनका लागि जाली बोकेर जाँदै गरेको ट्रक पल्टिएर च्यापिँदा उनको घटनास्थलमै मृत्यु भएको दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिएका छन् ।

प्रकाशित : ८ पुस २०७७, बुधबार ००:००