काठमाडौँ ८ पुष । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको लोकप्रिय हाँस्य सिरियल ‘सक्किगोनी’ विगत २ सातादेखि हिमालय टेलिभिजन एचडीबाट प्रशारण हुँदै भइरहेको छ । हाँस्य सिरियललाई हिमालय टेलिभिजनबाट प्रशारण हुन थालेपछि पनि दर्शकले उस्तै माया पाइरहेका छन् । केही दर्शकले गाउँले परिवेश छाडेर शहरको कथावस्तुमा निर्माण टिम हराउन थालेको भन्दै चिन्ता पनि व्यक्त गरेपछि दर्शकको मायामा कमि आउन नदिने उल्लेख गरेका छन्।
सिरियलका निर्देशक तथा कलाकार अर्जुन घिमिरे मने –‘हामीले इरादा बदलिए पनि इलाका बदलेका छैनौ । दर्शकले सक्किगोनीको बिषयलाई लिएर कुनै पनि खालको चिन्ता व्यक्त गर्नुपर्दैन । हामी दर्शकलाई निराश हुन दिदैनौं ।’ उनको भनाइले दर्शकको सल्लाह बमोजिम कार्यक्रम निर्माण गर्ने निमाण पक्षको जोड छ ।
प्रतिक्रिया