२३ माघ २०८१, बुधबार । February 5, 2025

मनोरञ्जन

विवादमा परेको फिल्म वीर विक्रम २, रिलिज


७ पुस २०७७, मंगलबार ००:००

0
Shares


काठमाडौँ ७ पुष ,नेपाली फिल्म वीर विक्रम २, अब युट्युबमा हेर्न पाइने भएको छ। फिल्म युट्युब च्यानल ‍‌ मंगलबार सार्वजनिक भएको छ। मिलन चाम्सको निर्देशन रहेको वीर विक्रम २ गत वर्ष जेठ ३ गते हलबाट सार्वजनिक भएको थियो।
युट्युबर प्रनेश गौतमले पनि फिल्म व्यङ्ग्यात्मक शैलीमा समीक्षा गरे थिए । उनको समीक्षाले आफ्नो र कलाकारको प्रतिष्ठामा ठेस पुर्याएको र भिडिओमा अश्लील शब्द प्रयोग गरेर नकारात्मक समीक्षा गरेको भन्दै निर्देशक चाम्सले महानगरीय प्रहरी वृत्तमा उजुरी दिएका थिए।
उजुरीपश्चात् समीक्षा गरेकै कारण युट्युबर प्रनेशलाई प्रहरीले केही दिन हिरासतमा राखेको थियो।
‘वीर विक्रम २’ बिल्कुलै नयाँ कथामा निर्माण भएका कारण यो चर्चित सिनेमा ‘वीर विक्रम’को सिक्वेल नभएको निर्माण पक्षले बताएका थिए।

प्रकाशित : ७ पुस २०७७, मंगलबार ००:००