काठमाडौं, ६ पुस। नेपाली कांग्रेसको आह्वानमा उसैको पार्टी कार्यालय सानेपामा बसेको नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीसहितको बैठकले संसद विघटन संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर गरिएको भन्दै यो संविधानमाथिको आक्रमण भएको जिकिर गरेको छ ।
संसद विघटन गर्ने सरकारको कदमबारे छलफल गर्न बसेको प्रमुख तिन दलको बैठकले संसद विघटन संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकालेको हो ।
तिन दलको बैठकले यसविरुद्ध प्रतिवाद गर्ने भन्ने निश्कर्ष पनि निकालेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । कसरी प्रतिवाद गर्ने भन्नेबारे भने मंगलबार तीनवटै पार्टीको केन्द्रीय कमिटीको बैठक रहेकाले उक्त बैठकमा छलफल गर्ने बताइएको छ ।
प्रतिक्रिया