२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

अर्थ

सेयर बजार दैनिक ४ घण्टा खोल्ने नेप्सेको निर्णय



काठमाडौं १४, असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार (भोली) देखि सेयर बजार खोल्ने निर्णय गरेको छ।

आइतबार (आज) साँझ बसेको सञ्चालक समितिको बैठकले दैनिक ४ घण्टा सेयर बजार खोल्ने निर्णय गरेको हो। सेयर कारोबार बिहान ११ बजेदेखि ३ बजेसम्म हुनेछ।

नेपाल धितोपत्र बोर्डले सेयर बजार खुलाउन बजार सञ्चालक नेप्सेलाई निर्देशन दिएको थियो। तर, कुन मोडालिटीमा बजार खोल्ने भन्ने निर्णय नेप्सले नै गर्नेछ।

कोरोना संक्रमण महामारी सुरु हुनु भन्दा पहिले भने दैनिक पाँच घण्टा सेयर बजार खुल्ने गरेको थियो।

र, लकडाउनपछि गएको बैशाख ३० र ३१ गते खुलेको थियो। त्यसपछि पुनः बन्द भएको छ।

प्रकाशित : १४ असार २०७७, आइतबार ००:००