३० आश्विन २०८१, बुधबार । October 16, 2024

मुख्य खबर

‘ओली र प्रचण्ड कम्युनिष्ट सिध्याउन तयार भएका कम्युनिष्टको मुकुण्डोधारी हुन्’ : सिपी गजुरेल


२८ भाद्र २०७६, शनिबार ००:००

0
Shares


काठमाडौं, २८ भदौ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले वर्तमान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई कम्युनिष्ट नै भन्न नमिल्ने बताएका छन् । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा उनले नेकपाका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भूतपूर्व कम्युनिष्टको संज्ञा दिए ।
‘ओली–प्रचण्ड कुनैबेला कम्युनिष्ट थिए, अहिले होइनन् । तिनीहरु कम्युनिष्टलाई सिध्याउन तयार भएका कम्युनिष्टको मुकुण्डोधारी मात्र हुन् ।’ उनले भने, ‘अहिलेको सत्ताधारी पार्टी कांग्रेसभन्दा के कुरामा फरक छ ? केहीमा पनि फरक छैन, अनि त्यसलाई हामीले किन कम्युनिष्ट मान्नु ?

प्रकाशित : २८ भाद्र २०७६, शनिबार ००:००