१६ कार्तिक २०८१, शुक्रबार । November 1, 2024

मुख्य खबर

पूर्वउपसचिवको छोरीलाई लक्षित गरी गोली प्रहार



काठमाडौ १४ साउन । काठमाडौको कलंकी मन्दिर नजिकै विष्णु प्रसाद शर्माको घरमा गोली प्रहार भएको छ। सोमबार राती ९ बजे अज्ञात समूहले काठमाडौंको कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा रहेको पूर्वउपसचिव शर्माको घरमा गोली प्रहार भएको हो ।

तीनतले शर्माको घरमा गोली प्रहार भएको र उक्त स्थानमा गोलीको खोका समेत भेटिएको प्रहरीले जनाएको छ। तीनतले घरको दोस्रो तलामा १९ वर्षीया छोरी अध्ययन गरिरहेकी थिइन् । बाहिरबाट हानेको गोलीले सिसा फुटे पनि उनीलाई भने गोलि नलागेको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा महानगरीय अपराध महाशाखाले विस्तृत अनुसन्धान गरिरहेको छ।

प्रकाशित : १४ श्रावण २०७६, मंगलबार ००:००