१६ कार्तिक २०८१, शुक्रबार । November 1, 2024

मुख्य खबर

स्कुल विभाग पूर्वएमालेको भागमा परे छाड्दिन : भुषाल



नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसालले स्कूल विभाग पूर्वएमालेको भागमा परेआफुले नछाड्ने बताएका छन् । । आइतबार वीरगन्जमा प्रेस संगठन पर्साले गरेको पत्रकार सम्मेलनमा नेता भुसालले पूर्वएमालेबाट नेतृत्व गर्नुपर्ने अवस्था आयो भने स्कुल विभागको नेतृत्वमा पहिलो दाबेदार आफु हुने बताएका हुन्। ‘तर सहमतिका क्रममा स्कुल विभागको नेतृत्व पूर्वमाओवादीको भागमा परेमा एकताका लागि त्यसलाई मैले स्वीकार गर्नुपर्छ।’ उनले भने ।

पार्टीको स्कुल विभागमा ९ औं राष्ट्रिय महाधिवेशनदेखि आफ्नो स्वभाविक दाबी रहेको बताएका छन्। पूर्वएमालेले स्कुल विभाग पाएमा स्वतः त्यसको नेतृत्वको आफु दावेदार भएको बताउँदै उनले यसै निहुँमा एकता अलमलाउन नहुने बताएका छन्।

पत्रकार सम्मेलनमा नेता भुषालले पार्टीका अध्यक्षद्वयले ब्यवस्थापन गर्न नसेकेका कारण स्कुल विभागको नेतृत्व टुङ्गिन नसकेको बताए। पार्टी एकता प्रक्रिया तिब्रता दिन यस्ता विषयमा सामाधनहरु निकाल्दै जानुपर्ने मा उनको जोड थियो ।
अहिले स्कुल विभागको नेतृत्व अध्यक्षद्वयले नै लिने खबर आइरहेको भन्ने पत्रकारहरुको जिज्ञासा को जवाफ दिने क्रममा उनले भने ‘स्कुल विभागको नेतृत्व अध्यक्षद्वयले लिनु हुन्छ भने त्यो सबैभन्दा कमजोर सामधान हो,’ ‘त्यस्तो नहुनु पर्ने हो। यदि त्यस्तो भयो भने मँ भन्छु यो सबभन्दा कमजोर सामधान हो, यसबाट स्कुल विभाग चल्दैन अझ सुसुप्त बनाउने काम गर्छ।’

भुषालले पार्टीलाई सामुहिक निर्णयमा अगाडी बढाउनुपर्ने, पार्टीका निर्णय अनुसार सरकार अघि बढ्नु पर्ने र प्रमुख प्रतिपक्षीसहित संसदमा भएका सबै दलहरुसँग सुमधुर सम्बन्ध बनाएर देशलाई अग्रगमन र समाजवादतिर लैजानु पर्ने अहिलेको मुख्य आवश्यकता भएको बताए ।

प्रकाशित : १२ श्रावण २०७६, आइतबार ००:००