
टोकियो, १२ साउन (रासस-सिन्ह्वा) – जापानमा आइतबार ६.५ म्याग्नीच्युडको भूकम्प आएको छ । देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३.३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ । जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएका कारण सुनामीको खतरा नरहेको सम्भावना स्पष्ट गरेको छ ।
प्रतिक्रिया