मस्को, ११ साउन । स्वच्छ तथा स्वतन्त्र निर्वाचनको माग गर्दै प्रदर्शन गर्न शनिबार विहान भेला भएका ५६१ जनालाई रूसी प्रहरीले सुरक्षा नियन्त्रणमा लिएको आन्दोलन अनुगमनकारी संगठन ओभिडी इन्फोले जनाएको छ । ओभिडी इन्फो नामक संस्थाले बताए अनुसार शनिबारको प्रदर्शनमा प्रहरीको व्यापक धरपकडका वाबजुद पनि कम्तीमा तीन हजार ५०० जनाले प्रदर्शनमा सहभागिता जनाएका थिए । प्रदर्शनपछि मस्को नगर परिषद्को कार्यालय नजिकै कोणसभा गर्ने कार्यक्रममा भेला हुने क्रममा अधिकांश नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले गिरफ्तार गरेको हो ।
११ श्रावण २०७६, शनिबार ००:००
0
Shares
प्रतिक्रिया