१६ कार्तिक २०८१, शुक्रबार । November 1, 2024

समाचार

समावेशी आयोगका अध्यक्षद्वारा राजीनामा



राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा शान्तराज सुवेदीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । सुवेदीले यही साउन १२ गतेदेखि लागू हुने गरी आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । ‘नेपालको संविधानको धारा २५८ को उपधारा (४) को खण्ड (क) बमोजिम यही साउन १२ गतेदेखि लागू हुने गरी आयोगका अध्यक्ष डा सुवेदीले पदबाट राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लिखित राजीनामा दिनुभएको छ ।’ राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ । पूर्वअर्थ सचिव डा सुवेदी गएको चैत ७ गते आयोगको अध्यक्षमा नियुक्त हुनुभएको थियो ।

प्रकाशित : १० श्रावण २०७६, शुक्रबार ००:००