१५ कार्तिक २०८१, बिहिबार । October 31, 2024

ग्लोबल

इरानद्वारा कब्जामा लिएका नौ जना भारतीयलाई रिहा



इरानले यही जुलाई १४ मा पानामाको ध्वजावहाक तेल ट्याङ्करलाई कब्जामा लिँदा नियन्त्रणमा लिएका १२ जना भारतीय नागरिकमध्ये नौ जनालाई रिहा गरेको भारतीय विदेश मन्त्रालयले शुक्रबार जनाएको छ । इरानले तेल बोक्ने उक्त पानीजहाज (एमटी रिआ) लाई गैरकानूनीरूपमा बेचेको पेट्रोलियम पदार्थको तस्करी गरेको आरोपसहित कब्जामा लिएको थियो । इरानी सरकार, अमेरिका र बेलायतबीच आणविक सम्झौताबाट फर्कने र इरानलाई नयाँ नाकावन्दी लगाउने घोषणा उग्ररूप लिँदा र हर्मुज घाँटी भएर तेल लान यो वा त्यो कारण देखाई समस्या उत्पन्न गर्दै आएको सम्बद्ध मुलुकहरूले जनाएका छन् । तर ती मुलुकका जहाजमा चालक दलका सदस्यका रूपमा काम गर्ने अन्य विदेशी नागरिक पनि इरानको कारबाहीमा पर्ने गरेका छन् । यो रिहाईसँगै अब इरानको कब्जामा २१ अन्य भारतीय रहेका छन् । इरानले एमटी रिआका अन्य तीनसहित बेलायती ध्वजावहाक सामान बोक्ने जहाज स्टेना इम्पेरोमा कार्यरत १८ जना भारतीयलाई पनि केही हप्ता पहिले कब्जामा लिएको थियो ।

प्रकाशित : १० श्रावण २०७६, शुक्रबार ००:००