महत्वपूर्ण जडिबुटीको रुपमा लिइने सतुवाको व्यावसायिक सम्भावना उच्च रहेपनि यस विषयमा सरकार बेखबर छ । सतुवालाई आधुनिक रुपमा खेती गरी यसलाई राष्टिय तथा अन्तराष्टिय रुपमा व्यावसायिक दृष्टिकोणले ब्राण्ड बनाउने सम्भावना उच्च रहेपनि सरोकारवाला निकाय उदाशिन हु्ँदा सतुवाको व्यावसायिक लाभबाट बञ्चित हुनु परेको किसानहरु गुनासो गर्ने गरेका छन् ।
अवस्था निराशाजनक रहेपनि जडीबुटीको संरक्षण र उपयोगलाई आर्थिक समृद्धिसँग जोड्ने लक्ष्य राखेर देशको विभिन्न ठाउमा स्थानीयवासीको सक्रियतामा औषधीय वनस्पति सतुवाको व्यावसायिक खेती थालिएको छ । मुख्य गरी सतुवाको लागि ताप्लेजुङ,पाँचथर इलाम,कास्की,लमजुङ,गोरखा उपयु्रक्त ठाउँको रुपमा लिइन्छ ।
नेपालका संरक्षित वनस्पतिको सूचीका रुपमा रहेको सतुवाको संरक्षणका लागि स्थानीयवासीमा सचेतना अभिवृद्धि गर्दै आयआर्जनमा समेत टेवा पु¥याउने उद्देश्यले कास्कीको अन्नपूर्ण गाउँपालिकाको छोम्रोङमा सामूहिक सतुवा खेती हालै शुरु गरिएको छ भने पाँचथर,ताप्लेजुङ,इलामा जिल्लामा व्यवसायिक खेती गरिन्दै आएको छ ।
सतुवाको विशेषता
.- सतुवा समुद्री सतहदेखि एक हजार ४०० मिटरको उचाइमा पाइने जडीबुटी हो । विशेषगरी एक हजार ६०० मिटरको उचाइ सतुवाका लागि अत्यन्त उपयुक्त मानिन्छ ।
– सतुवा बहुउपयोगी औषधीय वनस्पति भएको र यसले .विभिन्न प्रकारका रोगसमेत निको पार्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा यसको उच्च माग रहेको छ ।
.- सरकारले सतुवालाई संरक्षित जडीबुटीको सूचीमा राखेको छ ।
यसकोे मूल्य प्रतिकिलो रु आठ हजार पर्छ । सतुवाका भाले र पोथी दुई जात हुन्छन् । भालेको भने प्रतिकिलो १७÷१८ हजार रुपैयाँ बजार मूल्य रहेको छ ।
.- .सतुवाको जरा अदुवाको जस्तै हुन्छ । यसको सेवन विशेषगरी श्वासप्रश्वासजन्य समस्यामा उपयोगी मानिन्छ । घाँटी तथा पेटका समस्याका साथै यसको सेवनले रोग प्रतिरोधक क्षमतासमेत बढाउँछ ।
प्रतिक्रिया