
गोरखा जिल्लाको एक ओढारभित्र लुकाएको अवस्थामा १६ केजी सुन भेटिएको छ । धार्चे गाउँपालिको र्लाबेंसीस्थित एक ओढारमा लुकाइरहेको अवस्थामा उक्त सुन भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । बरामद भएको सुन चिनियाँ नाका हुँदै नेपालतर्फ भित्र्याइएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । स्रोतका अनुसार उक्त सुन स्थानीय धनकमल गुरुङले तिब्बतबाट खच्चड बोकाएर ल्याएको हो । तिब्बतबाट खच्चडमा ल्याएको सुन लुटेराले लुट्न खोजेपछि गुरुङले ओढारमा लुकाएर भागेका थिए । प्रहरीले गुरुङलाई भने हिजो काठमाडौंबाट पक्राउ गरेको थियो । पक्राउ गुरुङकै सूचनाका आधारमा प्रहरीले सुन बरामद गरेको प्रहरी चौकी कासिगाउँले जानकारी दिए । पक्राउ गुरुङले प्रहरीले लिएको बयानमा सुन आफ्नो नभई आफूले भरियाको काम मात्र गरेको प्रारम्भिक बयान दिएका छन् । सुन कस्को हो भन्ने कुरा अझै पनि कुनै प्रमाण खुलेको छैन ।
प्रतिक्रिया