काठमाण्डौ । सिंहदरवार अगाडी अर्धनग्न प्रदर्शन गरेर राज्यले गिरप्तार गरी चर्चा आएका विकिन लिम्बूले फेरि राष्टिय जनवार गाईलाई खारेजको माग राखेर आगामी भदौ १ गते सामुहिक रुपमा अर्धनग्न प्रदर्शनको तयारी गरिरहेको जनाएका छन् । राज्यले आफनो मागलाई सम्बोधन नगरीञ्जेल आन्दोलन जारी राख्ने युट्युवमार्फत जानकारी दिएका उनले यो महिनाभरि आफ्नो मागलाई सम्बोधन गर्न राज्यलाई अल्टिमेटम दिएका छन् । यदि महिना दिनभित्र आफ्नो माग सम्बोधन नगरीए सिंहदरवार वाहिरका जुनसुकै वाधाहरु भएपनि सिंहदरबारभित्र प्रवेश गरेर नै छाड्नै बताएका छन् । लिम्बूले गाईलाई राष्टिय जनावरबाट खारेज गर्नु पर्ने,गाईगोरु मारेको अभियोगमा धेरै जनालाई राज्यले दण्डित गरेर अन्याय गरेकोप्रति आपत्ती जनाउँदै आएका छन् । उनले देशमा व्यक्त घुसखोरी,भ्रष्टाचारी,बलात्कारीहरुलाई राज्यले खुलेआम रुपमा स्वतन्त्र हिडडुल गर्दा पनि मौन बसेको आरोप लगाएका छन् ।
७ श्रावण २०७६, मंगलबार ००:००
0
Shares
प्रतिक्रिया